Nepal Government

नेपाल सरकार

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

यातायात व्यवस्था विभाग,

मीनभवन,काठमाण्डौ

वनेपा – सिन्धुली–वर्दिवास हुँदै काठमाडौं देखि पूर्व खण्ड अन्तर्गत विभिन्न स्थानहरुको हाल कायम दुरी र भाडादर सम्बन्धमा

 

काठमाडौं कोटेश्वरदेखि चक्रपथ दायाँ वा वाँयाँ परिक्रमा गरी, नयाँ वसपार्क – धुलिखेल – खुर्कोट – सिन्धुलीमाढी – बर्दिवास हुँदै पूर्व तर्फ जाने खण्ड–खण्ड बाटो र एकमुष्ट बाटोको दुरी एवं भाडादर समायोजन गरी समायोजित दुरी तथा समायोजित भाडादर यातायात व्यवस्था विभागको मिति २०७३।०४।२१ को निर्णय अनुसार देहाय बमोजिम कायम भएकोले सर्वसाधरण सबैको जानकारी एवं सम्बद्ध निकायहरुलाई यसै सूचना बमोजिम कार्यान्वयन गर्न÷गराउनको लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

सि.नं.÷समूह कायम भएको बाटोको नाम कि.मी. भाडादर
1 काठमाडौं, नयाँ वसपार्क–धुलिखेल–खुर्कोट–सिन्धुलीमाढी–बर्दिवास 200 533
2 काठमाडौं, नयाँ वसपार्क–धुलिखेल–खुर्कोट–मन्थली 140 381
3 काठमाडौं, नयाँ वसपार्क–धुलिखेल–खुर्कोट–मन्थली– तामाकोशी–¬चरीकोट 198 573
4 काठमाडौं, नयाँ वसपार्क–धुलिखेल–खुर्कोट–मन्थली– तामाकोशी¬(जिरी 220 653
5 बर्दिवास–सिन्धुलीमाढी–खुर्कोट–रामेछाप–मन्थली–चरिकोट 164 468
6 काठमाडौं, नयाँ वसपार्क–धुलिखेल–खुर्कोट–सिन्धुलीमाढी–बर्दिवास–विराटनगर 394 856
7 काठमाडौं, नयाँ वसपार्क–धुलिखेल–खुर्कोट–सिन्धुलीमाढी–बर्दिवास–धरान 391 851
8 काठमाडौं–धुलिखेल–खुर्कोट–सिन्धुली–बर्दिवास–धनकुटा 440 992
9 काठमाडौं, नयाँ वसपार्क–धुलिखेल–खुर्कोट–सिन्धुलीमाढी–बर्दिवास–काकडभिट्टा 462 974
10 काठमाडौं, नयाँ वसपार्क–धुलिखेल–खुर्कोट–सिन्धुलीमाढी–बर्दिवास–भद्रपुर 458 967
11 काठमाडौं, नयाँ वसपार्क–धुलिखेल–खुर्कोट–सिन्धुलीमाढी–बर्दिवास–बुधवारे 419 899
12 काठमाडौं, नयाँ वसपार्क–धुलिखेल–खुर्कोट–सिन्धुलीमाढी–बर्दिवास–गौरीगञ्ज 437 931
13 काठमाडौं, नयाँ वसपार्क–धुलिखेल–खुर्कोट–सिन्धुलीमाढी–बर्दिवास–मधुमल्ला 385 841
14 काठमाडौं, नयाँ वसपार्क–धुलिखेल–खुर्कोट–सिन्धुलीमाढी–बर्दिवास–बसन्तपुर हिले 473 1085
15 काठमाडौं, नयाँ वसपार्क–धुलिखेल–खुर्कोट–सिन्धुलीमाढी–बर्दिवास–राजविराज 307 705
16 काठमाडौं, नयाँ वसपार्क–धुलिखेल–खुर्कोट–सिन्धुलीमाढी–बर्दिवास–जनकपुर 229 571
17 काठमाडौं, नयाँ वसपार्क–धुलिखेल–खुर्कोट–सिन्धुलीमाढी–बर्दिवास–जलेश्वर 247 602
18 काठमाडौं, नयाँ वसपार्क–धुलिखेल–खुर्कोट–सिन्धुलीमाढी–बर्दिवास–दमक 415 893
19 काठमाडौं, नयाँ वसपार्क–धुलिखेल–खुर्कोट–सिन्धुलीमाढी–बर्दिवास–शनिश्चरे 412 888

१. ९ं१ सिट क्षमताका जीप प्रकृतिका सवारीसाधनहरुले बाटो इजाजत लिई २५० कि.मी. सम्म मात्र यात्रु बोकी संचालन गर्न पाउने निर्णय भएको हुँदा सोही दुरी सम्म मात्र यात्रु बोकी संचालन गर्न पाउने छन् ।

२. सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ८१ तथा सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नियम ३२ बमोजिम विशेष काम परी कुनै सार्वजनिक सवारीलाई बाटो इजाजत पत्रमा लेखिएको बाटो बाहेक अन्य कुनै बाटोमा चलाउनु परेमा त्यस्तो सार्वजनिक सवारीको धनी वा व्यवस्थापकले पटके बाटो इजाजत लिन सक्ने भएकोले पटक–पटक पटके बाटो इजाजत लिई सवारीसाधन संचालन गर्न पाउने छैन ।

३. शैक्षिक कार्यक्रम÷भ्रमण, सांस्कृतिक कार्यक्रम, शोध एवं विकास कार्यक्रम, विबाह–ब्रतबन्ध, विरामी ओसारपसार, शव ओसारपसार, क्रियाकर्म एवं बाढी, पहिरो, भू–क्षय, आगलागी, भूकम्प, माहामारी जस्ता प्राकृतिक प्रकोप परेको अवस्थामा उद्धार ९च्भकअगभ ७ च्भष्भिा० प्रयोजनको लागि पटके इजाजत भने लिन सकिनेछ ।

४. उल्लेखित भाडादरमा डिलक्सको सुविधा लिएका सवारी साधनले मात्र २० प्रतिशत थप गरी भाडा लिन पाउने व्यवस्था रहेको छ ।

५. यदि कुनै सवारी साधनले माथि तोकिए भन्दा बढी भाडा लिएको जानकारी भएमा तत्कालै ट्राफिक प्रहरी कार्यालय (१०३) वा यातायात व्यवस्था विभाग (०१–४४७९९९४) मा जानकारी गराउनु हुनु अनुरोध गरिन्छ ।