पार्टी एकतालाई अन्तिम रुप दिन संयोजन समितिको बैठक बस्दै

काठमाडौं । पार्टी एकतालाई अन्तिम रुप दिन आज एमाले–माओवादी केन्द्रले पार्टी एकता संयोजन समितिको बैठक बोलाएका छन् ।

पार्टी एकतालाई टुंगोमा पुर्याउन केही दिनदेखि छलफलमा जुटेका एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार नेतृत्व, सांगठनिक तथा राजनीतिक वैचारिक विषय टुंग्याएका थिए ।दुई अध्यक्षबीच बनेको यही समझदारीलाई औपचारिकता दिन बुधबार संयोजन समितिको बैठक बोलाइएको जानकारी नेताहरुले दिएका छन् । बैठक ललितपुरको मानभवनमा बस्दैछ । समयबारे भने केही बताइएको छैन ।

एकता संयोजन समितिमा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य छन् ।

गत असोज १७ गते पार्टी एकतासहित वामगठबन्धन गरेका दुई दल एमाले र माओवादीबीच पछिल्लो दिनमा एकताको पक्षमा ठोस प्रगति नभएपछि विभिन्न कोणबाट आशंकाहरु व्यक्त भएका थिए । त्यसो त नेताहरुले वार्ता सहमति नजिक पुगेको बताउँदै आएका थिए । सोमबार र मंगलबारको छलफलपछि एकताले मूर्त रुप लिएको बताइएको छ ।

One thought on “पार्टी एकतालाई अन्तिम रुप दिन संयोजन समितिको बैठक बस्दै
  1. आलो पालो प्रम हुने ?:-
    ओलीले प्रधानमन्त्री छोड़ेको पनी लगभग २ वर्ष हुन लाग्यो, तर त्यश पछीका प्रम देउवा र प्रचण्डले यो दुई वर्षको अवधिमा विकासको नाममा सिंको भाच्न सकेनन । त्यसैले अब साडे दुई वर्ष मात्र ओलिले प्रम हुन पाए भने धेरै काम गर्ने समय पूगदैन , जसले गर्दा देस विकास हुन पाउदैंन । बरु प्रचण्डलाई रास्टपती देउ वा पार्टी अदक्ष तर ५ वर्ष ओली नै प्रम हुनु पर्छ । जनमत पनी ओली कै पक्षमा छ । तर जाल झेल गरेर प्रम पद बाडनु राम्रो होईन । प्रचण्डले यस्तो राजनीति गरे भने अब उनको राजनीतिक भविष्य सदक़ा लागी सकींछ । बाम गठबंधन गर्छु र एउटै पार्टी बनाउछु भनेर चुनाव ज़ित्ने अनि एमालेको भोटले चुनाव जितेर एमालेलाई नै ब्लाकमेल गर्ने ? एमालेको भोटले चुनाव जितेर कांग्रेस संग मिल्न क़ुन नैतिकताले दिंछ ? स्थानीय चुनावमा कांग्रेस संग मिल्दा पनी धरै ठाऊमा धरोटी जफत भएको बिर्सनू भो ? आफु प्रम हुन जो संग नी मिल्दिने अनि देशको हित हुने देखेर मिले भनेर जनतालाई गफ लगाउने ? देश बिकास गर्न होईन तेश्रो चोटी प्रम बन्न गठबन्धन गरेको रहेछ भनेर अब त लाटोंले नी बुझ्छ । त्यसैले पार्टी एक भए पछी आलोंपालो प्रम बन्नू ठीक हुदै होईन । ५ वर्ष एउटै व्यक्ति प्रम हुनु भन्ने नै जनमतको भावना हो । आफु अनुकूल परिस्थितिको व्याख्या गर्नु ठीक होईन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice