राजपा समानुपातिक सांसदबाट रेणु शर्माको नाम हट्यो, नरमायाको भाग्य खुल्यो

काठमाडौं । राजपाले समानुपातिक सूचीमा फेरबदल गरेको छ । सोमबार पठाएको सूचि नमिलेको भन्दै आयोगले फिर्ता पठाएपछि आयोगले रेणु शर्माको नाम हटाएर सूची निर्वाचन आयोगमा पठाएको छ । खस आर्यतर्फबाट राजपाले रेणु शर्माको नाम पठाएको थियो । सोमबार पठाएको सूचि परिर्वतन गर्दै राजपाले शर्माको ठाउँमा नरमाया ढकालको नाम सिफारिस गरेको छ ।

राजपाले रानी मण्डल, अमृता अग्रहरी, निर्जला राउत, रेणु शर्मा, चन्दा चौधरी र दुलारीदेवी खङ्गको नाम सोमबार आयोगमा पठाएको थियो । पठाइएको नाम मध्ये रेणु समानुपातिक सांसदबाट आउट भएकी छिन् भने नरमाया भित्रिएकी छिन् ।

कांग्रेस, माओवादी र राजपाले पठाएको सूची नमिलेको भन्दै आयोगले सोमबार नै फिर्ता पठाएको थियो । समावेशी समूहको प्राथमिकता क्रम नमिलेको भन्दै २ फाल्गुन साँझ ५ बजेभित्र नामावली सच्याएर पेश गर्न आयोगले आग्रह गरेको थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice