प्रचण्ड छोडेर गोपाल किराती बैद्यको क्याम्पमा : जनयुद्ध बारे केपी ओलीको प्रवचन सुन्न गइन

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता गोपाल किराँति प्रचण्डको क्याम्प छोडेर बैद्यको क्याम्पमा पुगेका छन् । राजधानीका दुई स्थानमा माओवादीहरुले जनयुद्ध दिवस मनाएका थिए । नेकपा माओवादी केन्द्रले पार्टी मुख्यालय पेरिसडाँडामा र बिप्लव तथा बैद्यले नेतृत्व गरेका नेपाल कम्यूनिष्ट पार्टी, नेकपा क्रान्तिकारी माओवादीले राष्ट्रियसभामा कार्यक्रम गरेका थिए ।

कार्यक्रममा प्रचण्ड क्याम्प छोडेका लोकेन्द्र बिष्ट मात्र थिएनन्, प्रचण्डकै क्याम्पमा रहेका गोपाल किँराती मञ्चमै सहभागि थिए । एमाले माओवादी केन्द्रबीचको एकताबाट असन्तुष्ट बनेका किरातिले एमाले अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचना गरे ।

‘म जनयुद्ध दिवस मनाउन पेरिसडाँडा जानु पर्ने थियो, तर त्यहाँ जनयुद्धका बिषयमा केपी ओलीको प्रवचन सुन्न मन परेन’, उनले भने ‘जनयुद्धका दुष्मन ओली उपस्थित भएको कार्यक्रम मैले बष्किार गरे र किरण कमरेडको निम्तो स्वीकार गरे ।’

आफ्नो मन्तब्यको अधिकाँस समय एमाले अध्यक्ष ओलीको विरोध गर्नमै विताएका किरातिले आफु प्रचण्ड नेतृत्वको माओवादीमै भएको दावी समेत गरे ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice