पेरिसडाँडामा प्रचण्डले केक काट्दा, राष्ट्रियसभामा बैद्य र बिप्लवले मुठ्ठि कसे

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार पार्टी मुख्यालयबाट एक दुई घटना घटाउँदैमा क्रान्ति नहुँने ठाकुवा गरे । प्रचण्डले लहडमा क्रान्ति नहुँने बताइरहेका बेला काठमाडौंको राष्ट्रिय सभागृहमा बैद्य, बिप्लव र लोकेन्द्र बिष्टले मुठ्ठि कसेका थिए ।

केही समयअघि नेकपा माओवादी केन्द्र परित्याग गरेका लोकेन्द्र बिष्ट पनि बैद्य र बिप्लवले आयोजना गरेको जनयुद्ध दिवसमा पुगेका थिए । परी थापासहितका नेताहरुले जनवादी क्रान्ति नसकिएको दावी गरेपनि पेरिसडाँडामा भने प्रचण्डले जनवादी क्रान्ति सकिएको र समाजबादी क्रान्ति सुरु भएको बताए ।

बिप्लव र बैद्यलाई कम्यूनिष्ट एकतामा आउन प्रचण्डले आग्रह गरेपनि राष्ट्रियसभाबाट उनीहरुले अस्विकार गरेका छन् । प्रचण्ड दक्षिणपन्थी भासमा भासिएको आरोप समेत लगाए । उता प्रचण्डले पनि ‘सपनाको धरातल र बिज्ञानमा टेकेर क्रान्ति हुने लहडमा नहुने बताए ।

वाइसियलद्धारा आयोजित २३ औ जनयुद्ध दिवसमा प्रचण्डले २३ पाउन्डको केक काटेर उद्घाटन गरेका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice