२३ पाउन्डको केक काट्दै प्रचण्डले भने : ओलीजीले जनयुद्धको भावनालाई स्वीकार गरिसक्नु भयो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको भावनालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वीकार गरेको बताएका छन् । जनयुद्धको २३ औं बर्षगाँठमा आयोजित कार्यक्रममा बोल्दै दाहालले जनयुद्धले जागरण ल्याएकोमा एमाले अध्यक्ष ओली खुसी भएको बताए ।

‘हामी अहिले पार्टी एकताको संघारमा छौ, हामीले गरेको जनयुद्धलाई एमाले अध्यक्ष ओलीले स्वीकार गर्नुभएको छ’ दाहालले भने ‘जनयुद्ध नभएको भए सामाजिक जागरण आउने थिएन, सामाजिक जागरण नआएको भए गणतन्त्र आउने थिएन, ओलीले मलाई यही भन्नुभयो ।’

वाइसियल नेपालद्धारा पार्टी मुख्यालय पेरिसडाँडामा गरेको कार्यक्रममा दाहालले २३ पाउण्डको केक काटेर उद्घाटन गरेका थिए । उद्घाटनपछि उनले बोल्दै भने ‘नयाँ जनबादी क्रान्ति अब सकियो, समाजबादी क्रान्ति गर्न एमालेसँग पार्टी एकता गर्दैछौ ।’

समाजबादी क्रान्ति गर्न उर्वरभूमि चाहिने भन्दै बिप्लव र बैद्यलाई कम्यूनिष्ट एकतामा आउन आग्रह गरे । शक्तिशाली कम्यूनिष्ट पार्टी बनाउन सवै बामपन्थी एक छौ । ‘सपना धरातल र बिज्ञानमा टेकेको हुनुपर्दछ, क्रान्ति लहर र लहडमा हुँदैन’ उनले भने ‘म यहीबाट विप्लवलाई कम्यूनिष्ट एकतामा आउन आग्रह गर्दछु ।’

उनले आफ्ना राजनीतिक गुरु बैद्यलाई पनि परिस्थिति बुझन आग्रह गरे । ‘मेरो गुरु भनेर चिनिने बैद्यजीलाई म के भन्न चाहान्छु भने लुकेर छिपेर घटना घटाउँदैमा क्रान्ति हुँदैन, जीवनमा द्धन्दत्मक भौतिकबाद भनेको जहाँ जनता छन् त्यही जाने हो’ प्रचण्डले भने ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice