प्रचण्ड र बेलायती रक्षामन्त्रीबीच भेटबार्ता

काठमााडौं– बेलायतका रक्षामन्त्री मार्क ल्यान्क्यास्टरले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गरेका छन् । अध्यक्ष प्रचण्ड निवास खुमलटारमा मंगलबार बिहान भएको भेटका अवसरमा अध्यक्ष  प्रचण्डसँग रक्षामन्त्री मार्कलेले निर्वाचन सम्पन्न भएपछिको नेपालको पछिल्लो राजनीतिक परिस्थिति, पार्टी एकता, सुशासन र विकासलगायतका विषयमा  जिज्ञासा राखेका छन् ।

रक्षामन्त्री मार्कले नेपालको संविधानले राज्यसंयन्त्रमा महिलाहरुको प्रतिनिधित्वको व्यवस्था गरेपनि त्यसको कार्यान्वयनको पक्षका बारेमा समेत अध्यक्षसँग छलफल गरेका छन् । रक्षामन्त्री मार्कका जिज्ञासबारे प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले नेपाली जनताको राजनीतिक स्थिरता र समृद्धिको चाहनाको सम्मान गर्दै नेकपा (एमाले)सँगको एकताको प्रक्रिया अघि बढाइएको बताएका थिए ।

पार्टी एकताका लागि एकता संयोजन समिति गठन भएर एकता प्रक्रिया अघि बढेको र यो एकताले स्थायित्व, स्थिरता र नेपालको समग्र विकासमा ठूलो भूमिका खेल्ने प्रचण्डको भनाई थियो । अध्यक्ष प्रचण्डले नेपालको संविधानले व्यवस्था गरेअनुरुप स्थानीय तह, प्रदेश र संघको निर्वाचनपछि सबै राजनीतिक तहमा ३३ प्रतिशत महिलाहरुको सहभागिता सुनिश्चित भएको समेत बताएका थिए ।

स्थायित्व र राजनीतिक स्थिरता भए सुशासनको प्रत्याभूति हुने बताउँदै अध्यक्ष प्रचण्डले बेलायती सरकारले नेपालको शान्ति प्रक्रिया, सुशासन र विकासका क्षेत्रमा बेलायतले नेपाललाई पु्र्याउँदै आएको सहयोगका लागि धन्यवाद दिँदै बेलायती  जनतालाई समेत धन्यवाद व्यक्त गरे ।

भेटका अवसरमा अध्यक्ष प्रचण्डले बेलायती सेनामा रहेका गोर्खा सैनिकहरुको समस्याका बारेमा समेत जिज्ञासा राखेका थिए । रक्षामन्त्री मार्कले बेलायती सेनामा रहेका नेपाली सेनाहरुको समस्याका बारेमा बेलायत सरकार गम्भीर रहेको बताएका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice