प्रमुख अतिथिको रुपमा डाकिएका ओली माओवादीको जनयुद्ध दिवसको कार्यक्रममा नजाने

काठमाडौँ । माओवादी केन्द्रले २३ औँ जनयुद्ध दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रूपमा आमन्त्रित एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन्।

माओवादी केन्द्रको भातृ संगठन वाइसिएलले ओलीलाई निमन्त्रण गरे पनि सहभागी नहुने जानकारी ओलीले गराएका छन्। ओलीको सट्टा एमालेबाट उपाध्यक्ष बामदेव गौतमले कार्यक्रममा सहभागिता जनाउने छन्। वाइसीएलका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले ओलीले कार्यक्रममा सहभागी नहुँने जानकारी पठाएको बताए।

एमाले अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले पनि ओली कार्यक्रममा नजाने बताए। अधिकारीका अनुसार ओलीको सोही समयमा बेलायती रक्षामन्त्रीसँगको भेटघाटको कार्यक्रम तय भएको छ। पार्टी एकीकरण प्रक्रियामा रहेको बेला दुबै पार्टीका अध्यक्षलाई एकै मञ्चमा राख्ने योजना अनुसार वाइसिएलले विशेष अथितिका रुपमा ओलीलाई कार्यक्रमको निम्तो दिएको थियो।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice