म संस्थापन पक्षको गोटी होइन, पार्टीको कार्यकर्ता हुँ : मुख्यमन्त्री डोरमणि पौडेल

‘म मुख्यमन्त्री बन्छु भन्दा पनि मिडियाले पत्याएनन’ उनले भने ‘धेरै महिना अगाडीदेखि नै म मुख्यमन्त्री बन्छु भन्ने बिस्वस्थ थिएँ । ’

काठमाडौं । एमाले संसदीय दलको नेतामा पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई हराउँदै ३ नम्वर प्रदेशको मुख्यमन्त्री बनेका डोरमणि पौडेलले आफुलाई एमाले संस्थापन पक्षको गोटीका रुपमा नहेर्न आग्रह गरेका छन् । ‘अरुपक्षको गोटी भन्न मिल्छ, संस्थापन पक्षको गोटी भन्न मिल्दैन’, उनले भने ‘किनकी संस्थापन पक्ष भनेको पार्टी हो । म पार्टीको कार्यकर्ता हुँ । ’

एमाले नेता माधव नेपाल पक्षकी शाक्यसँग पौडेल पार्टी अध्यक्ष केपी ओली पक्षबाट संसदीय दलको नेतामा चुनाव लडेका थिए । चुनावमा शाक्य पराजित भइन भने उनी बिजय । उनको बिजय यात्रा मुख्यमन्त्रीसम्म पुगेको छ । सोमबार उनले बिधिवतरुपमा मुख्यमन्त्रीको सपथ लिदै पदभार ग्रहण गरेका छन् । पार्टीकी उपाध्यक्ष समेत रहेकी शाक्य पराजित भएपछि एमालेभित्र फेरी गुटको खैलाबैली मिच्चिएको छ ।

पौडेल ३ नम्वर प्रदेश एमाले संसदीय दलको नेतादेखि मुख्यमन्त्री बन्ने चर्चा एकसाता अघिदेखि मात्र चलेको थियो । तर पौडेल आफु मुख्यमन्त्री बन्छु भन्नेमा केही महिना पहिलादेखि ढुक्क भएको बताए । ‘पार्टी पोटफोलियोमा म भन्दा माथीका नेताहरु उपाध्यक्ष, पोलिटब्यूरो सदस्यहरुको नाम आएपछि म पहिले ओझेलमा परेको थिँए । म मुख्यमन्त्री बन्छु भन्दा पनि मिडियाले पत्याएनन्’ उनले भने ‘धेरै महिना अगाडीदेखि नै म मुख्यमन्त्री बन्छु भन्ने बिस्वस्थ थिएँ । ’

उनले पार्टीका सिनियर नेताहरुसँग प्रतिस्पर्धा गर्ने या नगर्ने बिषयमा पहिले आफु दुविधामा परेको बताए । ‘म भन्दा ठुला नेताहरुसँग प्रतिस्पर्धा गर्ने कि नगर्ने भन्नेमा दुविधा थियो’ उनले भने ‘स्थायी कमिटीले निर्णय गर्दा सिनियर नेतालाई गर्छ हामीलाई गर्दैन भन्ने लागेको थियो तर स्थायी कमिटीले जसले प्रदेशसभामा निर्वाचन जित्छ, त्यसैलाई बनाउने भनेपछि मैले आफुलाई उभ्याएको हुँ । ’

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice