केन्याविरुद्ध टस जितेर नेपालले फिल्डिङ रोज्यो

काठमाडौँ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन दुई अन्तर्गत नेपालले आफ्नो चौथो खेलमा सोमबार अंक तालिकाको पुछारमा रहेको केन्याको सामना गरिरहेकाे छ। नामिबियाको विन्डहकमा दिउँसो सवा १ बजे सुरु भएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ।

तीन खेल खेलेर दुईमा जित र एकमा हार सहित ४ अंकका साथ दोस्रो स्थानमा रहेको नेपाल केन्या विरुद्ध जित निकाल्दै शीर्ष दुईमा रहने सम्भावना लगभग पक्का गर्न चाहान्छ भने शीर्ष दुईमा रहने सम्भावना जिवितै राख्न केन्यालाई आजको खेल जित्नै पर्नेछ। दुई खेल खेलेको केन्या दुबैमा पराजित हुँदै ६ टोली सम्मेलित प्रतियोगिताको पुछारमा छ। शनिबार हुने भनि तय भएको केन्या र नामिबियाबीचको खेल भने बर्षाले हुन नसकेपछि मंगलबारलाई सारिएको थियो।

नेपालले पहिलो खेलमा आयोजक नामिबियालाई एक रनको झिनो अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमानसँग ६ विकेटले पराजित भएको थियो। तेस्रो खेलमा नेपालले आइतबार बलियो प्रतिद्धन्द्धि यूएईलाई पाखा लगाउँदै दोस्रो स्थानमा उक्लिएको हो। प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीले अर्को महिना जिब्बावेमा हुने एकदिवसीय छनोट खेल्ने मौका पाउनेछ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice