माइतीघर पुगेकी स्वेताले भनिन्-‘शिव,श्रीकृष्ण र चितवनले गर्दा चलचित्रमा आएँ’

चितवन । यही फागून ४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘कान्छी’को प्रचारका लागि यसकी नायिका स्वेता खड्का मोफसल दौडमा छिन्। नायक दयाहाङ राइको साथमा चलचित्रको प्रचारका लागि मोफसल पुगेकी नायिका खड्काले चितवनलामा सञ्चारकर्मीहरुलाई चितवन आफ्नो माइतीघर भएको बताइन् ।

 

स्वेताले बिहे गर्दै छिन् भन्ने हल्ला बाहिर आइरहेका बेला उनले घर परिवारबाट आफूलाई बिहेका लागि कुनै दबाब समेत नभएको बताइन् । स्वेताले भनिन्-‘समाजमा एकल महिला भएपछि कताकता केहि यस्ता चर्चाहरु चल्ने गरेपनि त्यसलाई स्वभाविक रुपमा लिएकी छु ।

‘चलचित्र कान्छी चलाउनका लागि मलाई कुनै स्क्याण्डलको खाँचो नै छैन’ स्वेताले चितवनको भरतपुरमा ‘कान्छी’ चलचित्रबारे गरिएको पत्रकार सम्मेलनमा भनिन्-‘म यस्ता कुरामा विश्वास राख्दिनँ । काम र मिहिनेतमा विश्वास गर्छु ।’ चितवनमा आफ्नो चलचित्रले ५१ दिन मनाएको हेर्न मन लागेको स्वेताको भनाई छ ।

चलचित्र निर्देशक स्वर्गीय शिव रेग्मी की धर्मपत्नी ज्ञानु रेग्मीलाई बाँया र चलचित्रका नायक दयाहाङ राईलाई दाया राखेकी नायिका स्वेताले सबैको साथ र माया पाएर नै चलचित्र क्षेत्रमा फर्किएको बताइन् । शिव रेग्मी, चितवन र श्रीकृष्ण श्रेष्ठ भएकै कारण चलचित्र क्षेत्रमा आएको स्वेताको भनाई छ । ‘चलचित्र क्षेत्रमा यहाँहरु सवैको मायाले नै कमब्याक गरेकी छु, फेरि आउँछु जस्तो पनि लागेको थिएनँ’,स्वेताले भनिन्-‘कान्छीमा पहिलो दिनदेखि नै मिहिनेत गरेकी छु, चलचित्र निर्माणमा कुनै संझौता गरेकी छैनँ ।

आकाश अधिकारीको निर्देशन रहेको चलचित्र ‘कान्छी’ मा श्वेता खड्का, दयाहाङ राई, आशान्त शर्मा, अनु शाह, कमलेश्वर चौरसिया, निर शाह, भूमिका श्रेष्ठ, प्रज्ज्वल सुजल गिरील गायतका कलाकारको अभिनय छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice