मुख्यमन्त्री डोरमणिको सपथमा अष्टलक्ष्मी अनुपस्थित, नेपाल समुहले मन्त्रिमा स्थान पाएन

काठमाडौं । प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणि पौडेलको सपथ ग्रहणमा एमाले ३ नम्वर प्रदेशकी संयोजक अष्टलक्ष्मी शाक्य उपस्थित भइनन् । पौडेल एमाले संसदीय दलका नेता हुन् भने शाक्य पार्टीकी संयोजक हुन् ।

सोमबार विहान प्रदेश प्रमुखको कार्यालय हेटौडामा पौडेलले मुख्यमन्त्रीको सपथ लिएका थिए । प्रदेश प्रमुख अनुराधा कोइरालाले सपथ गराउँदा अन्य दलका नेताहरु पुगेपनि आफ्नै पार्टीकी संयोजक भने अनुपस्थित थिइन । आइतवार स्थायी कमिटीको बैठकमा अध्यक्ष केपी ओलीसँग लामो गुनासो पोखेकी पोखरेल सोमबार सपथ ग्रहणमा पुगिनन् ।

एमाले संसदीय दलमा शाक्य र पौडेलले प्रतिस्पर्धा गरेका थिए । शाक्यलाई पराजित गर्दै पौडेल संसदीय दलको नेता हुँदै मुख्यमन्त्रीको सपथ लिएका छन् । सपथ ग्रहणमा नेता माधव नेपाल पक्षधर केही सांसद र नेताहरु अनुपस्थित थिए । पार्टीभित्र अध्यक्षले गुट चलाइएको भन्दै असन्तुष्ट पक्षले सपथ ग्रहण कार्यक्रम नै बहिष्कार गरेको छ ।

पौडेलको मन्त्रिमण्डलमा नेपाल समुहका कुनैपनि सांसद नजाने भएका छन् । केही समय पहिले सांसद तथा पोलिटब्यूरो सदस्य अरुण नेपाल मन्त्रि बन्ने चाहाना राखेका थिए । तर पौडेल मुख्यमन्त्री भएपछि उनी मन्त्रि बन्न गएनन् । उनलाई मन्त्रिका लागि पौडेलले आग्रह पनि नगरेको स्रोतले बताएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice