त्रिशुलीको किनारमा बाबुको शव अगाडी रुदै गरेकी रन्जनाले प्रहरी हवल्दारको ज्यान बचाइन

काठमाडौं । ‘हाम्रो हवल्दार पानीमा डुवेर बेहोस भयो, तपाई डाक्टर हो, उसलाई उपचार गरिदिनु पयो’ बाबुको लास अगाडी आँखाभरी आँसु पारेकी सिचाई सविच रामान्न्दप्रसाद यादवकी छोरी रञ्जनालाई इलाका प्रहरीका कार्यालयका गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले आग्रह गरे । उनी आँशु पुच्छदै पानीमा डुबेका हवल्दार नजिक पुगिन । पानीमा डुवेर बेहोस भएका गोताखोर सशस्त्र प्रहरी हवल्दार तारानाथ चपाईको उपचारमा लागिन । उनले छातिमा थिचेपछि उनको स्वासप्रस्वास चल्यो । तत्कालै नेपाली सेनाको हेलिकप्टरबाट हवल्दारलाई काठमाडौं ल्याइयो । बाबु लाश अगाडी बसेकी रञ्जनाले प्रहरीको ज्यान बचाइन ।

उनै छोरी रञ्जनाको विवाहको कुरा सकेर फर्किदै गर्दा सिंचाइ मन्त्रालयका सचिव यादव शनिवार विहान दुर्घटनामा परेका थिए । बा २ झ ३१४० नम्बरको बोलेरो जिप पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका ३ सलाङघाटमा दुर्घटनामा परेको थियो । दुर्घटना भएको केही समयपछि सचिव यादवको शव निकालिएको थियो भने उनका भाई र एक किशोरी अझै बेपत्ता छन् ।

बेपत्ताको खोजि गर्न सशस्त्र प्रहरीको गोताखोर टोली सलाङघाट पुगेको थियो । ३० मिटर तल पानीमा पुगेका बेला हवल्दार चपाईको अक्सिजन मास्क खसेको थियो । त्यसपछि उनी पानीमै बेहोस भएका थिए । बेहोस हवल्दारलाई बाहिर त ल्याए तर उनी गम्भिर अबस्थामा थिए ।
त्यही बेला गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले रञ्जना डाक्टर भएको थाहा पाए र हवल्दारको ज्यान बचाई दिन आग्रह गरे । त्यसपछि उनी आँशु पुच्छदै विरामी नजिक पुगेकी थिइन ।

रञ्जनाका कारण प्रहरी हवल्दारको ज्यान बचेको छ । रञ्जना नेपाल प्रहरीकै कर्मचारी हुन्। उनी प्रहरी अस्पतालमा इन्सपेक्टरका रुपमा कार्यरत छिन्।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice