वीरगन्जबाट काठमाडौँ भित्र्याउन लागिएको लागुऔषध नागढुङ्गाबाट बरामद

काठमाडौँ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुऔषधसहित नृपकुमार साहलाई आइतबार बिहान पक्राउ गरेको छ ।

प्रभागका प्रमुख केशवराज भट्टले वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बा४ख ६५९६ नंको यात्रुवाहक बस जाँचका क्रममा ९०० एम्पुल लागुऔषधसहित बहोदरामाई नगरपालिका पर्साका २२ वर्षीय साहलाई पक्राउ गरिएको जानकारी दिनुभयो । अभियुक्त साहलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको प्रभागले जनाएको छ

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice