ओलीमाथी पथिकको गर्जन, जनार्दनको दारी र प्रचण्डको पुष्टी

पार्टीभित्र ओली गुट चलाउँदै आएका राष्टपति बिद्यादेवी भण्डारी, इश्वर पोखरेल, सुवास नेम्वाड तीन शिर्ष पद राष्टपति, पार्टी अध्यक्ष र प्रधानमन्त्री एमालेले नै राख्नु पर्ने दवाव ओलीलाई दिँदै आएका छन् । प्रधानमन्त्री वा पार्टी अध्यक्ष नपाए एकता गर्न नहुँने जिकिर माओवादीले लिदै आएका छन् । यो अबस्थामा ओलीसँग दुई विकल्प छन् । पहिलोे प्रचण्डसँग सहकार्य तोडेर गुट बचाउने, दोस्रो गुट तोडेर कम्यूनिष्ट पार्टी बचाउने । कुन विकल्प उनले रोज्छन, त्यो भने हेर्न बाँकी छ ।

जीवन विसी

‘कमरेड पार्टी एकता कहिलेसम्म होला ?’ मैले यतिमात्र सोधेको थिए, दारी मुर्सादै उनले भने ‘के को कहिलेसम्म ? पार्टी एकता नै हुँदैन । एकता संयोजन समितिको बैठक आज बस्दैछ । त्यसपछि एउटा संदेश आउछ र पार्टी एकता भाडिन्छ ।’

शुक्रवार नेपालगन्ज विमानस्थलमा भेटिएका नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्मा मजाक मुडमा थिएनन् । उनलाई गम्भिर देखेपछि मैले फेरी सोधे ‘तपाई पार्टी एकताका लागि बढि सक्रिय नेता पनि हो, प्रचण्ड र ओली दुवैसँग निकट पनि हुनुहुन्छ त्यसो भए बामपन्थीको सरकार पनि बन्दैन ?’ उनले जवाफमा भने ‘त्यसको जिम्मेवार हामी छैनौ । ’

माओवादी नेता शर्माले पार्टी एकता नहुने बताएको २४ घण्टा नवित्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा लगभग पुष्टी गरे । शुक्रवार बस्ने भनिएको पार्टी एकता संयोजन समितिको बैठक बसेन । तर शर्माले भनेजस्तै प्रचण्डले पनि चितवन पुगेर फड्को हान्ने उद्घोष गरे । ‘देश र जनतालाई फाइदा नपुग्ने भयो भने म फड्को हान्न तयार छु ।’ । प्रचण्ड भनाईको सोझो तात्पर्य हो, ‘एमालेसँग पार्टी एकता र सरकार निर्माण दुवै हुँदैन ।’

प्रचण्ड र जनार्दन शर्माको यी भनाई दुई शिर्ष नेताबीच ३ घण्टा गोप्य छलफल भएपछि आएका छन् । विहीबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच पार्टी एकता र सरकारको बिषयलाई लिएर ३ घण्टा छलफल भएको थियो । दुई नेताबीच गोप्य छलफल सकारात्मकरुपमा अघि नबढेको संकेत प्रचण्ड र जनार्दनले सार्वजनिक रुपमा दिन थालेका छन् ।

जनार्दन र प्रचण्डभन्दा पहिले सुर्य सुवेदीले समाजिक सञ्जालमा स्ट्याटस लेखे । ‘एकीकृत पार्टी अध्यक्ष केपी, प्रधानमन्त्री केपी, राष्ट्रपति भण्डारी, सभामुख नेम्बाङ, विचार बहुदलीय जनवाद, ७०-३० को भागबन्डा अनि पार्टी एकता…।’

सुवेदी प्रचण्डका अति विश्वास पात्र हुन् । जनयुद्धताका उनी प्रचण्डका स्वकीय सचिव पनि थिए । प्रचण्डले युद्धकालमा केही बोल्नु परे उनी मार्फत नै बोल्ने गर्दथे । अहिले उनी सुवेदीले प्रचण्ड र ओलीको ३ घण्टा लामो संवाद पछि समाजिक सञ्जालमा असन्तुष्टी पोखेका हुन् ।

सुवेदीको भनाईबाट प्रष्ट हुन्छ, ओली प्रधानमन्त्री, पार्टी अध्यक्ष र राष्टपति तीन पद नै माओवादी केन्द्रलाई दिन तयार छैनन् । विहीबार भएको गोप्य बैठकमा यस्तै संकेत ओलीले दाहाललाई गरे । ओलीको संकेतबाट तर्सेका माओवादी नेताहरु एकपछि अर्काे गर्दै अभिब्यक्ति दिन थालेका छन् ।

ओली पार्टीभित्र केही नेताको घेराबन्दीमा छन् । प्रचण्डसँगको सहकार्य उनी तोड्न सक्छन् तर पार्टीभित्रका केही नेताको घेराबन्दी उनी तोड्न सक्दैनन् । राष्टपति बिद्यादेवी भण्डारी, महासचिव इश्वर पोखरेलको ठुलो घेराबन्दीमा परेका छन् । पार्टी एकता भए भण्डारी र पोखरेलको अवस्था कमजोर हुने निश्चित छ । पार्टी एकता भएमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतमबीच सहकार्य भएर एउटा गुट बन्न सक्ने र त्यसपछि आफुहरु पुर्णरुपमा कमजोर हुने आँकलन महासचिव पोखरेलले बालकोट पुगेर ओलीलाई निरन्तर दिइरहेका छन् ।

पार्टीभित्र गुट चलाउने नेताको घेरा तोड्न सकेनन् भने ओली भावी प्रधानमन्त्री नबन्ने संकेत जनार्दन शर्माले गरिसकेका छन् । पार्टी एकता नभए एमालेसँग सरकारमा नजाने पक्षमा माओवादी नेताहरु उभिन थालेका छन् । ओलीसँग दुई ठुला चुनौति देखिन थालेका छन् । प्रचण्डसँगको सहकार्य तोडे प्रधानमन्त्री पद फुत्किने र गुट तोडे सहकर्मी छुट्ने दुवै तनावमा ओली परेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice