छोरीको बिहेको कुरो छिनेर फर्केका सिचाई सचिव त्रिशुलीमा अस्ताए, ड्राइभरको सिटमा शव भेटियो

काठमाडौं । डाक्टर छोरी रञ्जनाको विवाह छिनेर कलिपबस्तु निवासबाट फर्किदै गरेका सिँचाइ मन्त्रालयका सचिव रामानन्द प्रसाद यादवको त्रिशुलीमा खसेर मृत्यु भएको छ । शुक्रवार साँझ विवाहको कुरा छिनिएपछि खुसी मुद्रामा शनिवार राति काठमाडौं फर्किदै गरेका सचिव यादव त्रिशुलीमा अस्ताएका छन् । उनीसँग गाडीमा रहेका २२ बर्षीया छोरा र एक किशोरी बेपत्ता भएको प्रहरीले जनाएको छ ।

शनिबार बिहान पौने ३ बजे बा १ झ ३१४० नम्बरको सरकारी जिप पृथ्वीराजमार्गको सलाङ्घाटबाट करिब ९० मिटर तल खसेको थियो । गाडीमा चालक भएपनि उनी आफैले चलाएको अनुमान प्रहरीले गरेको छ । गाडीसहित नदीबाट निकाल्दा उनी ड्राइभरको सिटमा भेटिएका थिए । घाइते जीप चालक निरन्जन यादवले पनि गाडी सचिवले नै चलाएको बताएका छन् ।
गोताखोरले जिप १५ मिटर गहिराइबाट निकालेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice