सांसदलाई किस्ताबन्दीमा घडेरी, सुविधामा धरभाडा !

काठमाडौं । हेटौडा उपमहानगरपालिकाले प्रदेश सांसदका लागि घर भाडादेखि घडेरीसम्मको ब्यवस्था गर्ने भएको छ । प्रदेश सांसदलाई बस्न भाडाको घर उपमहानगरपालिकाले खोजिदिने भएको छ भने सांसदका लागि सहुलियतमा घडेरी पनि खोजिदिने शुक्रवार निर्णय गरेको छ ।

सांसदहरुलाई उपमहानगर क्षेत्रमा घर बनाउन घडेरी दिने भएको हो । हेटौंडा नगर विकासको स्वामित्वमा रहेको जग्गालाई प्रदेश सांसदलाई घडेरीका रुपमा दिने सर्वदलीय निर्णय गरिएको छ। घडेरी किनेबापतको रकम प्रदेश सांसदहरुले पाँच वर्षसम्ममा भुक्तानी गरे हुनेछ । किस्ताबन्दीमा मासिक पैसा दिने गरी पदावधिभर घडेरीको रकम भुक्तान गरे हुने भएको छ।
यसअघि प्रदेशसभा बैठकका लागि हेटौंडा आएका सांसदहरुलाई होटल तथा लजमा ४० प्रतिशत छुट दिएको थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice