आफ्नै प्रस्तावमा रक्षामन्त्री भीमसेनदास प्रधानले राज्यकोषबाट लिए ५० लाख

काठमाडौं । रक्षामन्त्री भीमसेनदास प्रधानले आफ्नै प्रस्तावमा राज्यकोषबाट ५० लाख रकम लिने भएका छन् । शुक्रवार बसेको मन्त्रिपरिषदको बैठकमा रक्षामन्त्री प्रधानले उपचार खर्चका लागि ५० लाख माग गरेका थिए । उनको प्रस्तावलाई मन्त्रिपरिषदले अनुमोदन गरेको एक मन्त्रीले बताए ।

निर्वाचनमा पराजित भएको कांग्रेस दुई महिनादेखि सरकारमा छ । निर्वाचनमा पराजय भोगेपछि कांग्रेस नेतृत्वको सरकारले एकपछि अर्काे विवादित र राज्यकोषको दुरुपयोग गर्दै आएको छ । केही समयअघि पार्टी कार्यकर्ताका नाममा ४० करोड वितरण गरेको शेरबहादुर देउवा नेतृत्वको सरकारले शुक्रबार आफ्नै क्याविनेटका मन्त्रिलाई ५० लाख लिने निर्णय गरेको छ ।

मन्त्रि प्रधानले आफु विरामी भएको र विदेशमा उपचार गर्न जानु पर्ने कारण देखाउँदै ५० लाख रकम मागेका थिए । उपचार र सहायताका लागि गृहमन्त्रालयले प्रस्ताव पठाउनु पर्ने हो । तर मन्त्रि प्रधान आफैले प्रस्ताव लिएका थिए । उनले प्रस्ताव गरेलगतै प्रधानमन्त्री देउवाले स्वीकार गरेका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice