राष्ट्रिय सभामा तीन कांग्रेस नेताको एकलौटी सिफारिस, ओली र दाहाललाई देउवाको चुनौति

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तीन कांग्रेस नेतालाई राष्टिय सभा सदस्यमा सिफारिस गरेका छन् । अन्य दलहरुसँग सल्लाह नै नगरी प्रधानमन्त्री देउवाले एकलौटी राष्टिय सभा सदस्यमा सिफारिस गरेका छन् । राष्टिय सभामा सरकारको सिफारिसमा राष्टपतिले तीन जना नियुक्त गर्ने संबैधानिक प्रावधान छ । तर देउवाले सवै कांग्रेसका नेतालाई सिफारिस गरेका छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले झापाका पुराना कांग्रेस नेता गोपाल बस्नेत, कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेका छन् । त्यसैगरी सरकारले पुराना कांग्रेस नेत्री चाँदनी जोशीलाई पनि सिफारिस गरेको स्रोतले बताएको छ । जोशी महिला विकासका लागि संयुक्त राष्ट्र संघीय कोषको दक्षिण एसिया क्षेत्रकी पूर्वनिर्देशक हुन्।
निर्वाचनबाट लज्जास्पद पराजय भोगेको कांग्रेस नेतृत्वको सरकारले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई निकै ठुलो कानुनी उल्झनमा पारे । निर्वाचन भएको दुई महिना वितिसक्दा पनि उनले आफ्नो पदबाट राजीनामा दिएनन् । र राष्टिय सभाका लागि एकलौटी कांग्रेसका नेतालाई मात्र भर्ति गरे ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice