जेलबाट भागेका टिकेमाथि प्रहरीद्वारा गोली प्रहार

काठमाडौं । डिल्लीबजार कारागारबाट भागेका कैदी टिके भनिने टिकाबहादुर थापामाथि प्रहरीले गोली हानेको छ । टिके र प्रहरी टोलीबीच चितवनको रामनगरस्थित पेट्रोल पम्प अगाडि गोली हानाहान भएको हो ।

पक्राउ गर्न गएको प्रहरी टोलीमाथि गोली चलाएपछि महानगरीय अपराध महाशाखाको टोलीले जवाफी फायरिङ गरेको एसएसपी दिवेश लोहनीले बताए ।घटनास्थलमा रहेका चितवन प्रहरी प्रमुख दिपक थापाका अनुसार उनलाई दुई गोली लागेको छ । हात र तिघ्रामा गोली लागेका उनको भरतपुर अस्पतालमा उपचार भइरहेकेा छ ।

उनी ४ माघमा डिल्लीबजार कारागारबाट भागेका थिए । थापा काठमाडौंमा चोरी, लुटपाट र डकैटी सम्बन्धी घट्नामा पटकपटक पक्राउ पर्ने गरेका व्यक्ति हुन् ।थापा मुग्लिनबाट नारायणगढ तर्फ आउँदै गरेको सूचनाका आधारमा अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले रामनगरमा चेकजाँच गरेको थियो ।

ना ४७ प ५०५२ नम्वरको मोटरसाइकलमा चढेर आएका दुई जना मध्ये पछाडि बस्ने थापाले प्रहरीमाथि फायर खोलेका थिए । जवाफी फायररिङ गर्दा तिघ्रा र हातमा गोली लागेको चितवनका प्रहरी प्रमुख एसपी दीपक थापाले जानकारी दिए ।मोटरसाइकल चालक भने फरार छन् । उनको खोजी भइरहेको एसपी थापाले जानकारी दिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice