मुकाम तोकेसंगै वीरगञ्ज बन्द, भक्तपुरमा विरोध कार्यक्रम

काठमाडौं । सरकारले प्रदेश मुकाम तोकेसंगै विरोधमा आजबाट अनिश्चितकालीन वीरगञ्ज बन्द आह्वान संगै भक्तपुरवासीले बिहीवार दिउँसो विरोधका कार्यक्रम गरेका छन ।

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरलाई तोकेको विरोधमा आजबाट अनिश्चितकालीन वीरगञ्ज बन्द आह्वान गरिएको छ । वीरगञ्जलाई प्रादेशिक राजधानीको घोषणा गर्न दवाव दिनका लागि गठित संघर्ष समितिले बन्द–हडतालको बाटो रोजेको हो ।

बन्दकर्ताहरुले बिहानैदेखि सडक अवरुद्ध पारेर सवारी आवागमन ठप्प पार्दा जनजीवन प्रभावित बन्न पुगेको छ । कलकारखाना, बजार र शैक्षिक संस्थामा पनि बन्दको असर देखिएको छ । यद्यपि, बन्दकर्ताहरुले एम्बुलेन्स, दमकललगायतका अत्यावश्यकीय सवारी साधनको सञ्चालनमा भने कुनै अवरोध पुर्याएका छैनन् ।

त्यस्तै प्रदेश नम्बर ३ को अस्थायी राजधानी मकवानपुरलाई तोकेपछि भक्तपुरवासी पनि आन्दोलित भएका छन् । भक्तपुरवासीले बिहीवार दिउँसो विरोधका कार्यक्रम गर्ने भएका छन् ।

पूर्व उद्योगमन्त्री एवं एमाले युवा नेता महेश बस्नेतले भक्तपुरलाई ३ नम्बर प्रदेशको राजधानी बनाउन दबाव दिने आन्दोलनमा सहभागी हुन स्थानीयलाई आग्रह गरेका छन् । बस्नेतका अनुसार बिहीबार दिउँसो २ बजे सानोठिमी क्याम्पस अगाडि भेला भएर प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice