सरकारले टुंग्यायो सबै प्रदेशका प्रदेश प्रमुखको नामावली( क कसको नाम पर्यो?)

काठमाडौं। सरकारले आजै प्रदेश प्रमुखको नामबारे टुंगो लगाउने भएको छ। बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सातै प्रदेशका प्रमुख तोक्नेबारे छलफल गरेको थियो। तर निर्णय नभई बैठक दिउँसो ३ बजे सम्मका लागि स्थगित भएको छ।

३ बजेको बैठकले सबै नाम सार्जनिक गर्ने सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बताए ।भागबण्डा अनुसार प्रदेश २ मा राजपा र प्रदेश ५ मा संघीय समाजवादी फोरमको सिफारिसका आधारमा नाम टुंगो लगाइएको हो। वाम गठबन्धन बाहेकका दलबाट सिफारिस गरिएका नाममाथि बैठकमा छलफल भएको हो। बिहान साढे ९ बजेदेखि बैठक बसेको थियो।

प्रदेश प्रमुखमा कोको?
प्रदेश १ – गोविन्द सुब्बा
प्रदेश २ -उमाकान्त झा
प्रदेश ३ -अनुराधा कोइराला
प्रदेश ४ -बाबुराम कुँवर
प्रदेश ५ -रत्नेश्वर कायस्थ
प्रदेश ६ -चन्द्रकृष्ण घिमिरे
प्रदेश ७ -वसन्तराज मल्ल

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice