सिरानचोक गाउँपालिकामा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

गोरखा । सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङको अध्यक्षयतामा,जिल्ला समन्वय समिति गोरखाका प्रमुख अशोक गुरुङको प्रमुख आतिथ्यतामा,जिल्ला शिक्षा कार्यालय गोरखाको आयोजनामा सिरानचोक गाउँपालिकामा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
सिरानचोक गाउँपालिकाका वडा अध्यक्षहरु, उपाध्यक्ष, निमित्त प्रशासकीय अधिकृत इश्वर रेग्मी, सिरानचोक गाउँपालिका शिक्षा सेवा शाखाका निरीक्षक , स्रोत व्यक्तिहरु, इ.सि.डि , प्रा.बि, नि.मा.बि , मा.बि, उच्च मा.बि गरी ५० वटा बिधालयका प्रधानाध्यापकका बिचमा स्थानिय तहको सरकारबाट शिक्षा सम्बन्धी हुने कार्यक्रमहरुको नीतिगत व्यवस्था , कार्य सम्पादनको प्रक्रिया र समसामयीक बिषयमा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुबेदी, उप-शिक्षा अधिकारी ठाकुर तिवारी, जिल्ला कार्यान्वयन इकाइका राम प्रसाद आचार्य , बिधालय निरीक्षक कृष्ण अधिकारीले अभिमुखीकरण प्रशिक्षण दिएका थिए ।
जिल्ला समन्वय समिति गोरखाका प्रमुख अशोक गुरुङले “समय अनुसार गतिशील हुनुपर्छ, र हामी समय अनुसार गतिशील हुन सकेनौ भने कुनै पनि कामको प्रगति गर्न सक्दैनौ त्यसैले अहिलेको अवस्थामा बिधालय स्थानिय तहको अधिनामा आएको हुनाले सोहि अनुसार काम गर्न आग्रह गरे”।
बिधालयको बेरुजुका बिषयमा जानकारी गराउदै गुणस्तरिय शिक्षाका बारेमा जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुबेदीले आफ्ना भनाइ राख्नुभएको थियो ।
सामुदायिक विधालयमा गुणस्तरिय शिक्षा प्रदान गर्नका लागि पहिलो बिकल्प बिधालय ब्यवस्थापनको साथै शिक्षक जनशक्तिको आवश्यकता पर्दछ , त्यसको निम्ति निश्चित मापदण्ड र प्रक्रिया भित्र रहेर बिधार्थीको संख्या नभएका बिधालयको समायोजन गर्नु पहिलो बिकल्प हो ।

त्यसैगरी शिक्षक दरबन्दी मिलान भएपछि मात्र बिधार्थीहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्न सकिन्छ र सामुदायिक विधालयमा गुणस्तरिय शिक्षा र शिक्षकको पेशा मर्यादित हुनसक्छ । गुणस्तरिय शिक्षाको सन्दर्भमा जुनसुकै बिषयमा पनि गाउँपालिका सम्झौता गर्न तयार रहेको सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङले बताए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice