प्रहरीलाई कारबाहीको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी हालियो

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले प्रहरीलाई कारबाहीको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी गरेको छ ।
शान्तिपूर्ण आन्दोलनमा लाठी र अँश्रु ग्यास प्रहार गर्ने प्रहरीलाई कार्वाहीको माग गर्दै मंगलबार आयोगमा उजुरी हालेको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए । यही पुस १८ गते इन्धनको मूल्य बृद्धिबिरुद्ध शान्तिपूर्ण आन्दोलन गरिरहेका बेला अमानवीय ढंगले प्रहरीले कुटपिट गरेको भन्दै अनेरास्ववियुले कारबाहीको माग गरेको छ ।

उक्त आन्दोलनका क्रममा अनेरास्ववियुका उपाध्यक्ष महेश बर्ताैला, महासचिव ऐन महर र शेखर बोहरा लगायत घाइते भएका थिए ।शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गर्ने प्रहरीलाई कारबाहीका लागि आफूहरु अदालत जाने तयारीमा रहेको समेत सचिव लामिछानेले बताए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice