डा.केसी विरुद्धको मुद्दामा बहस चल्दै, कोको छन् उनको पक्ष र विपक्षमा

काठमाडौं । डा गोविन्द केसीको मुद्दा सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसको संयुक्त इजलाशमा परेको छ। सर्वोच्चमा दुई पटक फुलकोर्ट बसेपछि इजलाश तय भएको हो।

सुरुमा केसीले आफ्नो तर्फबाट बयान दिनेछन। बयानपछि सुरुमा डा केसीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गर्नेको पक्षबाट बहस हुनेछ। त्यसपछि केसी पक्षका अधिवक्ताहरुले बहस गर्नेछन्। बहस सकिएपछि थुनछेक आदेश हुनेछ।

केसीको पक्षमा सुरेन्द्र भण्डारी, डा.गोपाल शिवाकोटी चिन्तन लगायतले बहस गर्नेछन् । यस्तै, उनको विपक्षमा रमण श्रेष्ठ, श्याम खरेल, दीपक विष्ट र लक्ष्मण थपलियाले बहस गर्नेछन्।सोमबार बेलुका सर्वोच्चले केसी विरुद्ध प्रकाउ आदेश दिएपछि प्रहरीले पक्राउ गरी बिहान करिव ९ बजे उनीलार्इ सर्वाेच्च अदालतमा उपस्थित गराइए पनि ११ बजेसम्म बयान सुरु हुन सकेको थिएन। केही समय अगाडि डा केसीले स्वास्थ्यमा असहजता महसुस गरेपछि उनलाई एम्बुलेन्समा राखिएको थियो।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice