डा केसीको समर्थनमा प्रदर्शन हने, प्रधानन्यायाधीशको राजिनामा र उनले गरेका कामको छानविन गर्न माग

काठमाडौं । अदालत अवहेलनाको मुद्दामा पक्राउ परेका डा गोविन्द केसीको समर्थनमा मंगलबार बिहान ८ बजे माइतिघरमा प्रदर्शन हुने भएको छ। डा केसी पक्राउको विरोध गर्दै ‘सोलिडारिटी फर डा केसी एलायन्स’को आयोजनामा प्रदर्शन हुन लागेको हो। एलायन्सले डा केसीको हरेक अनसनमा साथ दिँदै आएको छ।

डा केसीलाई आज राती ८ बजे अनसनस्थलबाट नै पक्राउ गरिएको हो। डा केसीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा र उनले गरेका कामहरु बारे छानबिन गर्न माग गरेका छन्।

डा केसीले ४ वर्ष अघि बरखास्तमा परेका आइओएमका डिन डा शशी शर्मालाई सर्वोच्चले पुनर्वहाली गरेपछि सोको विरोध गरेका थिए। सोही प्रकरणमा उनले आजै दिउसोबाट अनसन सुरु गरेका छन्। प्रहरी हिरासतमा रहेका डा केसीले त्यहाँ पनि अनसन जारी राखेका छन्।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice