सिंहदरबारभित्रै चोरीका घट्ना बढ्दै , मन्त्रालयको क्यान्टिनबाट ४२ हजार रुपैयाँ चोरी

काठमाडौं । देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार नै असुरक्षित बन्दै गएको छ । पछिल्लो समय सिंहदरबारभित्रै चोरीका घट्ना बढ्दै जानुले त्यहाँको सुरक्षा ‘लापरबाही’ लाई चित्रित गर्छ ।

स्थानीय विकास मन्त्रालयको सस्पेन्सन ब्रिज शाखाको हाइलक्स गाडीको चार वटै टायर चोरी भएको घटना सेलाउन नपाउँदै फेरि अर्को चोरीको घटना भएको छ ।

गएराति सिंहदरबारभित्र रहेको शान्ति तथा पुनर्निमाण मन्त्रालय छेउमा रहेको क्यान्टिनबाट ४२ हजार रुपैयाँ नगद चोरी भएको हो ।सिंहदरबार प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) कपिल बोहोराले अनलाइनखबरलाई दिएको जानकारी अनुसार विश्वराज सिलवालले सञ्चालन गरेको फाइब स्पाइस क्यान्टिनबाट उक्त रकम चोरी भएको हो ।

पीडितले महानगरीय प्रहरी वृत्त, अनामनगरमा उजुरी दिएका छन् । प्रहरीले थप अनुसन्धान सुरु गरेको छ । कडा सुरक्षा रहने भनिएको सिंहदरबारभित्रै चोरीको घटना हुनु लाजमर्दो भएको प्रहरी अधिकारी स्वयम् बताउँछन् । यसअघि गत वर्ष पुसमै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यरत् कम्प्यूटर अपरेटर सुष्मा श्रेष्ठको ल्याटप चोरी भएको थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice