तस्करीको आरोपमा प्रहरीका एसपी नै छानविनमा तानिए

पर्सा। तस्करीको लाइन खुलाएको आरोपमा पर्साका एसपी डा.गणेश रेग्मीमाथि प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । तस्करी खुलाएको तथा पैसा नदिने व्यवसायीलाई दुःख दिएको उजुरी परेपछि मुख्यालयले उनलाई आइतबार छानबिनमा बोलाएको छ ।

पर्सामा घुस्याहा प्रहरीहरुलाई साथ लिएर रेग्मीले पैसा कमाउन अभियान सुरु गरेको आरोप लागेको छ । बदनाम सइ प्रमोद प्रसाद साहलाई सादा पोशाकमा परिचालन गरी पैसा उठाउँदै आएको स्रोत बताउँछ ।

साहको दरबन्दी महानगरीय प्रहरी वृत्त कमलपोखरी काठमाडौँमा सरुवा भइसकेको भए पनि एसपीलाई रिझाएर उनी जिल्लामा बसेका छन् । अर्का बदनाम प्रहरी जवान राजु प्रसादलाई पनि उनले काजमा जिल्लामै रोखर असुलीमा प्रयोग गर्दै आएका छन् ।

स्रोतका अनुसार छप्कैया लगायत नाकाबाट बिहान ४ देखि ६ बजेको समयमा तस्करीको लाइन खुलाइएको छ । तराईका चिसो बढेकाले बिहान सडक सुनसान हुने भएकाले त्यही बेला तस्करीको लाइन खुलाइएको छ । प्रमाणहरुसहित उजुरी परेपछि उनलाई छानबिनमा बोलाइएको मुख्यालयका एक अधिकारीले बताए । एसपी रेग्मीले मुख्यसचिव लोकदर्शन रेग्मीको समेत नाम बेचेर पर्सामा व्यापारीहरुलाई तर्साउने गरेको उजुरी परेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice