रहेनन् पूर्वसभासद डा बाबुराम पोखरेल

काठमाडौं । पूर्वसभासद डा. बाबुराम पोखरेलको निधन भएको छ । प्याब्सनका पूर्व अध्यक्ष एवं भीएस निकेतनका प्रिन्सिपल समेत रहेका पोखरेलको नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

पोखरेल लामो समयदेखि स्वास प्रश्वाससम्वन्धी रोगबाट पीडित थिए । अमेरिकामा रहेका छोरा मंगलबार आएपछि उनको अन्त्येष्टि गर्ने तयारी छ । पोखरेलका श्रीमती र दुई छोरा छन् । मानव संसाधन विकासमा विद्यावारिधी गरेका पोखरेल दोस्रो संविधानसभा फोरम लोकतान्त्रिकबाट सभासद बनेका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice