१५ दिनभित्र ६५ अर्ब ४० करोड लाभकर तिर्न एनसेललाई सुचना जारी, अटेर गरे बैंक खाता रोक्ने चेनावी

काठमाडौं । सर्वोच्च अदालतको संयुक्त इजलासले एनसेलको लाभान्स सम्वन्धी विवादित आदेश दिएको तीन सातापछि ठूला करदाता कार्यालयले १५ दिनभित्र ६५ अर्ब ४० करो पूँजीगत लाभकर तिर्न सुचना जारी गरेको छ ।

बुधबार ठुला करदाता कार्यालयले टेलिया सोनेरालार्इ कर तिर्न आउन १५ दिनकोे चेतावनीयुक्त सूचना जारी गरेको छ । टेलियाले मलेसियाको एक्जियटालार्इ एनसेल बिक्री गर्दाको पूँजीगत लाभकर ६० अर्ब ७१ करोड रुपैयाँ तय भएको कार्यालयले जनाएको छ। तर तोकिएको समयमा कर नतिर्दा थप ब्याजसहित ६५ अर्ब ४० करोड रुपैयाँ पुगेको करदाता कार्यालयले सुचना मार्फत जानकारी दिएको छ । समयमा कर नतिर्दा ब्याज र जरीवाना मात्रै पाँच अर्ब बढिसकेको उल्लेख गर्दै तोकिएको समयमा कर तिर्न नआए आयकर ऐनको २०५८ का आधारमा कारवाही गर्ने चेतावनी दिएको छ।

१५ दिनभित्र लाभकर नतिरे एनसेलका नाममा रहेका नेपाली बैकंका सवै खता रोक्का गर्ने चेतावनी पनि करदाता कार्यालयले दिएकोे छ । राजनीतिक र अदालती प्रभावमा परेको एनसेलले नेपाललाई तिर्नुपर्ने लाभकर तिर्न अस्वीकार गर्दै आएको छ । लाभकर सम्बन्धी मूद्दा सर्वाेच्च अदालतमा बिचाराधिन पनि रहेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice