अख्तियारको निर्णय कार्यान्वयन नगर्ने मन्त्रालय र कर्मचारीलाई कारवाहीको चेतावनी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफु मातहत गएका निर्देशन कार्यान्वयन नगर्ने मन्त्रालयका कर्मचारीहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ । अख्तियारका ४० प्रतिसत निर्णय विभिन्न मन्त्रालयले कार्यान्वयन गरेका छैनन । निर्णय कार्यान्वयन नगर्ने मन्त्रालयका कर्मचारीबिरुद्ध छिट्टै एक्सन लिन्छौ, प्रवक्ता पदमप्रसाद पाण्डेले भने ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारीको आचरण, असलु उपर र विभागीय कारवाहीका लागि मन्त्रालयहरुलाई निर्देशन पठाउने गरेको छ । अख्तियारले पठाएका निर्देशनहरु मन्त्रालयले कार्यान्वयन नगरेपछि अख्तियार सक्रिय भएको छ ।

बुधबार अख्तियारले सवै मन्त्रालयका फोकल ब्यक्तिलाई बोलाएर छलफल गरेको छ । केही मन्त्रालयले ७० प्रतिसत कार्यान्वयन गरेपनि केही मन्त्रालयले ५० प्रतिशत निर्णयबाट कार्यान्वयन गरेको ठहर अख्तियारले गरेको छ । फोकल ब्यक्तिसँगको छलफल पछि केही दिनमै मन्त्रालयका सचिवसँग छलफल गर्ने तयारी गरेको प्रवक्ता पाण्डेले बताए ।

राजनीतिक दवाव, अन्तर मन्त्रालयसँगको सम्बन्धका कारण अख्तियारका निर्णयहरु कार्यान्वयन हुन सकेका छैनन् । फोकल ब्यक्तिहरुले राजनीतिक दवावका कारण अख्तियारका निर्णयहरु कार्यान्वयन गर्न नसकिएको जनाएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice