राष्ट्रिय खेलाडी रमिला बस्नेत प्रचण्डबाट सम्मानित

उदयपुर । राष्ट्रिय खेलाडी रमिला बस्नेतलाई गृहजिल्ला उदयपुरमा राष्ट्रिय झण्डा अाेडाएर भब्य सम्मान तथा स्वागत गरिएको छ । चाैदण्डीगढी नगरपालिका ५ शिवाईमा हिन्दुजारण युवा संगठनले कार्यक्रम अायाेजना गरेर उदयपुर र देशकै नाम उच्च पारेको भन्दै राष्ट्रिय खेलाडी बस्नेतलाई उच्च सम्मान गरिएको अायाेजक संस्थाका अध्यक्ष विशेष भट्टराईले बताएका छन् ।

बस्नेतले केही समय अगाडि मात्रै अन्तर्राष्ट्रिय संगठन नेपाल जेसिजले उत्कृष्ट राष्ट्रिय युवा प्रतिभा पुरुस्कार बाट पुरुस्कृत हुन सफल भएको भन्दै संघले गृह जिल्लामा भब्य कार्यक्रम अायाेजना गरेर सम्मान गरिएको संगठनले जनाएको हो । कार्यक्रममा बस्नेतलाई नेपालकाे राष्ट्रिय झण्डा संघका अध्यक्ष भट्टराईले अाेडाएर सम्मानित गरेका थिए ।

बस्नेत नेपालको महिला राष्ट्रिय ह्यान्डबल खेलाडीकाे रुपमा १३ वर्षकै कलिलो उमेरमै नेपाल भारत बंगलादेश पाकिस्तान लगाएका मुलक मा भएको ह्यान्डबल प्रतियोगितामा स्वर्ण कास्य रजत जस्ता महत्त्वपूर्ण पदक दिलाउने खेलाडी समेत रहेकी छिन । बस्नेत अहिले युवा पत्रकार समाजसेवा तथा विभिन्न समाजिक संघ संस्थामा रहेर उदाहरणीय र उत्कृष्ट कार्य गर्दै समेत अाएकाे संघले जनाएको थियो ।

कार्यक्रममा संघका केन्द्रीय काेषाध्यक्ष मुकुन्द नेपाल र संस्थाको तर्फबाट जिल्लाभर बाट प्रतिनिधत्व रहेको छ । तथा कार्यक्रममा वडा प्रतिनिधि संघ संस्थाकाे समेत प्रतिनिधित्व रहेको छ । कार्यक्रमलाई सफल बनाउन गाउँ गाउँ देखिन बुद्धिजीवी समाजसेवा राजनीतिकदल पत्रकार समेतकाे बाक्लो उपस्थिति रहेको थियोे ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice