पार्टी अध्यक्षसँग निहुँ खोज्दा मन्त्री पद गयो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको तर्फबाट मन्त्री बनाएको दिलनाथ गिरीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ । राप्रपाको शुक्रवार बसेको कार्यसम्पादन समितिको बैठकले शहरी विकास मन्त्री गिरीलाई फिर्ता बोलाउने निर्णय गरेको राप्रपा प्रवक्ता भुवन पाठकले लोकान्तरलाई जानकारी दिए ।

यसअघि मन्त्री गिरी र राप्रपा अध्यक्ष कमल थापाबीच सचिव सरुवाको विषयलाई बिहीवार मन्त्रिपरिषद् बैठकमा भनाभन भएको थियो । संविधानसभा रहेको समयमा गिरी राप्रपाको प्रमुख सचेतक थिए । उनी यसअघि पर्यटन मन्त्री समेत बनेका थिए ।

विहीबारको मन्त्रिपरिषद् बैठकमा सहरी विकास मन्त्री गिरीले सचिव हटाउने प्रस्ताव गरेपछि उपप्रधान एवं उर्जामन्त्री कमल थापासँग विवाद भएको थियो । गिरीले सचिवहरुले मन्त्रीलाई टेर्न छोडेको भन्दै वैठकमा आक्रोश पोखेका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice