ललितपुरले भैरहवालाई दियो १३३ रनको लक्ष्य

एभरेष्ट प्रिमियर लिग अन्तर्गत बिहीबार जारी दोस्रो क्वालिफायर्समा ललितपुर प्याट्रियट्सले भैरहवा ग्लाडियटर्सलाई १३३ रनको लक्ष्य दिएको छ । खेलको विजेताले शनिबार हुने फाइनलमा विराटनगर वारियर्ससँगको भेट पक्का गर्नेछ। विराटनगरले यसअघि नै फाइनलमा स्थान बनाइसकेको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३२ रन बनायो।अन्तिम ओभरमा २ छक्का र २ चौका प्रहार गर्दै ललितपुरका भारतीय खेलाडी दिनेश भण्डारीले २० रन जोडेपछि ललितपुर सो स्कोरमा पुगेको हो। ९ बलको सामना गरेका उनले २२ रन जोडे।

त्यसअघि ललितपुरका ओपनर जयकिसन कोल्सावाले सर्वाधिक ४२ रनको पारी खेले। ३७ बलको सामना गरेका उनले ५ चौका र २ छक्का प्रहार गरे। त्यस्तै, उसका सन्नी पटेलले २४, ज्ञानेन्द्र मल्लले २०, शंकर रानाले १२ रन जोड्दा सोनु तामाङ १० रनमा नटआउट रहे। भैरहवाका पुनित मिश्राले २ तथा हरिशंकर साह, भुवन कार्की र आरिफ सेखले समान १ विकेट लिए।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice