नेम्वाङको आग्रहमा दाहाललाई ओलीको टेलिफोनः ‘मिडियाले अडकलबाजी काटे यतै आउनुहोस’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भेट्ने कुनै ‘सेडुल’ थिएन । दिउँसो ११ बजे ओलीलाई भेट्न एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङ बालकोट पुगे । नेम्वाङकै सुझावमा ओलीले दाहाललाई टेलिफोन गरे र आकस्मिक भेटघाट भयो ।

ओली र दाहालको भेटघाटलाई लिएर मिडियामा धेरै अडकलबाजी हुन थालेपछि नेम्वाङले बुधबार नै भेट्न ओलीलाई आग्रह गरेका थिए । सुरुमा ओलीले विहीबार भेट्ने बताएका थिए । तर नेम्वाङले उनलाई आजै भेट्न सल्लाह दिएपछि दुई नेताबीच भेट भएको स्रोतले बताएको छ ।

ओलीको स्वास्थ्यमा बुधबार केही समस्या आएको छ । चिसोका कारण समस्या आएपछि ओली आज दिनभर रेष्ट गर्ने मुडमा थिए । नेम्वाङको सल्लाहमा उनले दाहाललाई टेलिफोन गरेका थिए । ‘म आज अलिकति विरामी छु, तपाई यतै आउनु परयो’ टेलिफोनमा ओलीले दाहाललाई भने ‘धेरै अडकलबाजीहरु चलिरहेका छन् भेटेपछि केही शान्त होलान् ।’

ओलीले टेलिफोन गरेपछि दाहाल बालकोट पुगेका थिए । दुई नेताबीच झण्डै एक घण्टा वान टु वान वार्ता भएको थियो । विहीबार बस्ने पार्टी एकता संयोजन समितिको बैठकका बिषयमा दुई नेताले बढि छलफल गरेको ओली निकट स्रोतले बताएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice