चितवनमाथि भैरहवाको जित , इलिमिनेटर राउण्डमा पोखरा

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा भैरहवा ग्लाडिएटर्सले चितवन टाइगर्समाथि ६ विकेटको जित निकालेको छ । यससँगै भैरहवाले क्वालिफायरमा स्थान बनाएको छ भने पोखरा राइनोज अन्तिम खेलअघि नै इलिमिनेटर राउण्डमा पुगेको छ ।

समूह चरणको सबै खेल जितेको विराटनगर वारियर्स समूहको शीर्ष स्थानमा छ । अब अघिल्लो चरणमा पुग्ने अन्तिम टोलीको टुंगो पोखरा र ललितपुरबीच हुने समूह चरणको अन्तिम खेलबाट लाग्नेछ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ९ विकेट गुमाएर ८७ रन बनायो, जसलाई भैरहवाले ९ बल खेल्नु अघि ६ विकेट गुमाएर भेट्टायो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice