म श्याम ढकाल बामदेव कमरेडका २८ हजार मत खान सक्ने ब्यक्ति हुँ र !

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमको पराजयलाई लिएर बनेको छानविन समितिलाई एमालेकै पूर्व सांसद एवं अन्तरघातको आरोप लागेका श्याम ढकालले कडा जवाफ दिएका छन् । केन्द्रीय सदस्य बैजनाथ चौधरी र जिल्ला अध्यक्ष हरि ज्ञवालीको छानविन समितिलाई ढकालले आफ्नै कमजोरीका कारण बामदेव गौतम पराजित भएको जवाफ दिएका छन् ।

‘चुनावमा बामदेव कमरेडले काठमाडौंबाट हाइकमाण्ड ल्याउनु भएको थियो, हारको मुख्य कारण त्यही हो’ छानविन समितिलाई ढकालले जवाफ दिए ‘मैले अन्तरघात गर्ने कल्पना समेत गर्न सक्दिन, पूर्वाग्रही भएर म माथी कारवाही नहोस, जनतामा गएर सोध्न परयो जहाँ मलाई खटाइएको थियो ।’

बामदेव गौतमले चुनावका बेला काठमाडौंबाट हाइकमाण्ड बनाएर बर्दिया लगेका थिए । स्थानीय नेता कार्यकर्ता हाइकमाण्डबाट चल्ने गरेका थिए । हाइकमाण्डमा हरि पराजुल, शारदा सुवेदी, नारायण गिरी, डिवी कार्की लगायतका ब्यक्ति थिए । उनीहरु बर्दियाली जनतासँग परिचित पनि थिएनन् ।

आफुमाथी लागेको आरोप ढकालले हाइकमाण्डमा थुपारी दिएका छन् । ‘जसलाई बामदेव कमरेडले धेरै विश्वास गर्नुहुन्छ, उहाँहरुकै कारण पराजय भयो । तर अन्तरघातको आरोप हामीमाथी लाग्यो’ उनले भने ‘यो श्याम ढकाल बामदेव कमरेडका २८ हजार मत खान सक्ने ब्यक्ति होइन, २८ हजार मत मेरो हातमा पनि छैन ।’

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice