क्रिसमसको समयमा मादकपदार्थ सेवन गरी सवारी चलाउने २४५ चालक पक्राउ

काठमाडौँ- महानगरीय ट्राफिक प्रहरी महाशाखाले क्रिसमसको अवसर पारेर मादक पदार्थ सेवन गरी सवारी चलाउने २४५ चालकलाई नियन्त्रणमा लिएको छ ।

महाशाखाले इसाई धर्मावलम्बीको महान् चाड क्रिसमसको अवसर पारेर आइतबार बेलुका गरेको विशेष जाँचका क्रममा ती चालकलाई नियन्त्रणमा लिइ कारबाही गरेको हो ।

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले क्रिसमसको अवसर पारेर मापसे सेवन गरी जथाभावी सवारी साधन चलाउने र दुर्घटना हुने भन्दै महाशाखाले विशेष जाँचको व्यवस्था गरेको जानकारी दिए ।

“दुर्घटना नियन्त्रण गर्न अरु दिनको भन्दा क्रिसमसमा छुट्टै ३५ ठाउँमा विशेष जाँचको व्यवस्था गरेका हौँ”– उनले भने । महाशाखाले ८४ गाडीलाई समेत नियन्त्रणमा लिएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice