‘पार्टी एकता ढिलो भयो भन्दैमा सरकार गठनमा ढिलाई हुँदैन’ – नारायणकाजी

गोरखा । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले निर्वाचनमा नेपाल र नेपालीको जीत भएको बताएका छन्। पहिलो चरणअन्तर्गत मङ्सिर १० मा सम्पन्न निर्वाचनपश्चात पहिलोपटक गोरखा पुगेका श्रेष्ठले सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै निर्वाचनमा बामपन्थीहरुको ऐतिहासिक जीतले सवैलाई उत्साहित बनाएको जिकिर गरेका हुन् ।

‘यो जीत बामपन्थीको मात्रै होईन,सारा नेपाल र नेपालीको हो’,श्रेष्ठले भने,‘आफ्नो निर्वाचनको परिणाम जे र जस्तोसुकै आओस,त्यसलाई मैले सामान्य र स्वाभाविक घटनाक्रमको रूपमा लिएको छु, यो त्यति ठूलो विषय होइन’। आफ्नो पराजयको कारणबारे पार्टी र बाम गठबन्धन भित्रै समीक्षाको विषय रहेको भन्दै नेता श्रेष्ठले आफूलाई हराउनका लागि सिंगो पार्टी र प्रचण्डसमेत लागेको भन्ने कुरा भ्रम मात्र रहेको बताए।

पार्टी र व्यक्तिगत स्वार्थबाट धेरै माथि माथि उठेर बाम गठबन्धनको कुरा बाहिर आएको श्रेष्ठले बताए। छिटै नै पार्टी एकताको कुरो टुङ्ग्याएर सरकार गठनको गृहकार्यमा अघि बढ्नुपर्ने उनको तर्क रहेको छ । एकताको कुराले सरकार गठन नरोकिने पनि उनले बताए। ‘सबैभन्दा ठूलो कुरा त पार्टी एकता गरेरै सरकार गठनमा जानु राम्रो हो,तर एकता ढिलो हुँदैमा सरकार गठनमा पनि ढिलाई हुने चाहिं होइन। यो छिटै अगाडि बढ्छ’।नेता श्रेष्ठले भने ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice