समस्या समाधानका लागि राजनीतिक भेटघाटलाई तीव्रता दिंदै राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रियसभा निर्वाचन अध्यादेशका सम्बन्धमा छलफल गर्नको लागि दिनहुँजसो विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाटमा व्यस्त रहन थालेकी छिन्। राष्ट्रको अभिभावकका नाताले समस्याको समाधान गर्नका लागि केही दिनदेखि भण्डारीको विभिन्न दलका नेताहरुसँगको परामर्श जारी छ।

यसै क्रममा आइतबार सबेरै भण्डारीले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग राष्ट्रियसभा सदस्य निर्वाचन र यसमा दलहरुबीच देखिएको विवादका बारेमा छलफल गरकी छिन् भने आइतबार नै राजपा नेपालका नेतासँग पनि परामर्श गर्ने राष्ट्रपतिका प्रेश संयोजक माधव शर्माले जानकारी दिए।

यसअघि शुक्रबार दिँउसो राष्ट्रपतिले कांग्रेसका शीर्ष नेतासँग परामर्श गरेकी थिइन् । अघिल्लो शुक्रबार र शनिबार पनि राष्ट्रपति भण्डारीले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेकी थिइन् । त्यसअघि राष्ट्रपतिले प्रधानमन्त्री शेरबहादुर देउवा र कानुनव्यवसायीसँग पन:परामर्श गरेकी थिइन् । सो परामर्शमा राष्ट्रपति भण्डारीले दलहरुलाई जतिसक्दो चाडो सहमति जुटाउन आग्रह गर्दै आएकी थिइन् । सरकारले संसद विघटन भएपछि राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणिकारणका लागि राष्ट्रपतिसमक्ष पठाएको थियो । दलहरुवीच यसबारे विवाद हुँदा प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएको तीन साता वित्दा पनि राष्ट्रिय सभा सदस्यको निर्वाचनबारे टुङगो लाग्न सकेको छैन ।

प्रमुख दल काङ्ग्रेस र बाम गठबन्धनका एमाले–माओवादीबीच एकल संक्रमणीय निर्वाचन प्रणाली वा बहुमतीय प्रणाली भन्नेमा विवाद छ । कांग्रेस एकल संक्रमणीय निर्वाचन प्रणालीबाट राष्ट्रिय सभासदस्य निर्वाचन गर्नपर्ने बताउदै आएको छ भने बाम गठबन्धन बहुमतीयको वकालत गरिरहेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice