कालीकोटमा पुनः अनिश्चितकालीन कर्फ्यु

कालीकोट । कालीकोटमा पुनः अनिश्चितकालीन कर्फ्यु लगाइएको छ  । विहान २ घण्टाका लागि हटाइएको भएपनि फेरि अनिश्चितकालीन कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले जानकारी दिए ।

प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्यु भएपछि तनाव भएको कालीकोटमा शुक्रबारदेखिनै कफ्र्यु लगाइएको छ । प्रमुख जिल्ला अधिकारी गैह्रेका अनुसार स्थिति सामान्य नबनेसम्म कर्फ्यु जारी रहने छ ।

पीडित पक्षले मृतकलाई शहीद घोषणा, उचित क्षतिपूर्ति व्यवस्था र म्यादी प्रहरीको तलबका विषयमा भएको विवादबारे छानबिन हुनुपर्ने माग राखेका छन् । घटनाबारे छानविन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव डा। मानबहादुर विकको संयोजकत्वमा समिति गठन गरेको छ । मृतकका परिवारलाई  २५ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णयसमेत गरिसकेको छ जसअनुसार तत्काल १० लाख र १५ लाख म्यादी प्रहरी हुँदा गरिएको बिमाबाट दिइने छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice