लागूऔषध ब्राउनसुगरसहित विपी कोइराला बिज्ञान प्रतिस्ठानका डाक्टर पक्राउ

काठमाडौं । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर लागूऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन्। प्रतिष्ठानका डाक्टर क्षितिज श्रेष्ठसहित तीन पक्राउ परेको प्रतिस्ठानले जनाएको छ । प्रतिष्ठानमा कार्यरत सुरक्षागार्डले डाक्टर श्रेष्ठ सहित ३ जनालाई ब्राउन सुगरसहित शनिवार पक्राउ गरेका छन् । उनीहरुलाई विपी कोइराला प्रतिस्ठानको परिसरबाट सुरक्षागार्डले पक्राउ गरेको उपकुलपति राजकुमार रौनियारले बताए ।

सुरक्षागार्डले डाक्टर श्रेष्ठसहित धरान १२–का उज्वल हलवाई र दिनेश श्रेष्ठलाई पनि पक्राउ गरेको छ । श्रेष्ठ प्रतिष्ठानको ४ नं मेसका सञ्चालक हुन्। उनीहरुलाई शनिबार प्रतिष्ठानको सुरक्षा गार्डहरुले रंगेहात पक्राउ गरेको थियो। प्रतिष्ठानले ब्राउन सुगर कसरी आयो र किन ल्याइयो भन्ने बिषयमा छानविन सुरु गरेको छ । डा श्रेष्ठको कोठाबाट २५ मिलिग्राम ब्राउन सुगर वरामद भएको छ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice