राज्यको शक्तिशाली दुई निकायद्धारा सुमार्गीको २२ अर्ब रकम अबैध भएको ठहर

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ब्यापारी अजेयराज सुमार्गीको २२ अर्ब रकम अबैध भएको ठहर गरेको छ । विदेशबाट ल्याइएको सुमार्गीको २२ अर्ब रकम अबैध भएको ठहर सरकारी निकायले गरेको छ । अनुसन्धानले बिदेशबाट ल्याइसकिएको र ल्याउन लागिएको दुवै रकम अबैध रहेको पुष्टि गरेको हो।

अध्ययन प्रतिवेदनलाई अनुमोदन गर्न विस्तृत अध्ययनका लागि अनुसन्धान अधिकृत तोक्न वा सरोकारवाला निकायलाई जिम्मेवारी दिई मुद्दा प्रक्रिया अघि बढाउन भने आलटाल भइरहेको छ। अवैध सम्पत्ति आर्जनबारे अनुसन्धान गर्ने सम्पत्ति शुद्धीकरण अनुशन्धान विभागले सुमार्गीका विषयमा बहानाबाजी गर्दै यसलाई टुंग्याउन अलमल गरिरहेको छ। अध्ययन अनुसार करिब ११ अर्ब ५० करोड रुपैंयाँ उनले विदेशबाट भित्र्याइसकेका छन्। प्रत्यक्ष बैदेशिक लगानी (एफडीआई) को स्वीकृती दिने निकायहरु उद्योग विभाग, उद्योग मन्त्रीले अध्यक्षता गर्ने औद्योगिक प्रवद्र्धन बोर्ड र प्रधानमन्त्रीले अध्यक्षता गर्ने लगानी बोर्डको स्वीकृतिबिनै उनले उक्त रकम भित्र्याएका हुन्।

विदेशी विनियम ऐन २०१९ अनुसार विदेशबाट कुनै लगानीकर्ताले रकम भित्र्याउँदा डलर खाता खोल्नुपर्ने हुन्छ। सुमार्गीको कुनै पनि कम्पनी तथा आफन्तका नाममा डलर खाता खोलेका छैनन्। कान्तिपुर दैनिकमा समाचार छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice