सिन्धुलीमा गतवर्षको तुलनामा यो वर्ष जुनार उत्पादनमा बृद्धि

सिन्धुली– जुनारको राजधानी भनेर चिनिने सिन्धुलीमा गतवर्षको तुलनामा यो वर्ष जुनार उत्पादनमा बृद्धि भएको छ । गत वर्ष १६ हजार मेट्रिक टन जुनार उत्पादन भएको सिन्धुलीमा यो वर्ष १८ हजार पुग्ने अनुमान गरिएको छ । अहिले जुनारको मूल्य सुन्दै ग्राहकहरु छक्क पर्छन् । जुनार व्यावसायी संघले बढीमा प्रतिकिलो ७० देखि ८० रुपैयाँमा बिक्री गर्न निर्देशन दिएपनि व्यापारीहरुले भने मनलाग्दो मूल्यमा वेच्ने गरेको पाइएको छ ।

बोटमा प्रतिकिलो ६० रुपैयाँ, बजारमा लैजाँदा भाडा २ रुपैयाँ र १५ प्रतिशत व्यापारीलाई नाफा राखेर ७० देखि ८० मुल्य कायम गरिएको जुनार व्यवसायीसंघ सिन्धुलीका अध्यक्ष तिलकबहादुर थापाले बताए । तर, व्यापारीहरुले भने एकसय देखि १ सय २० रुपैयाँसम्ममा बेच्ने गरेको पाइएको छ । त्यस्तै, सिन्धुलीको सुन्तला १०० देखि १ सय ५० सम्ममा बेच्ने गरेको पाइएको छ ।

आफुलेनै महंगोमा खरिद गरेकाले बेच्दा महँगो पर्ने व्यापारीको तर्क छ । विशेषगरी वीपी राजमार्गअन्र्तगत खनियाँ खर्कका व्यापारीहरुले भने मनोमानी ढंगले जुनार बिक्री गर्ने गरेका उपभोक्ताको गुनासो छ ।

 

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice