लट्री परेको प्रलोभन देखाइ ठगी गर्ने ३ जना पक्राउ

पर्सा  ।  लट्री परेको भनि प्रलोभन देखाइ ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार कटिहार जिल्ला ग्राम कुजिवाना पंचायत जाजा घर भएका २६ वर्षीय चिन्कु भन्ने साकिर रेजा, सोही ठाउँ बस्ने २१ वर्षीय मुकेशकुमार राय र बाराको बरियारपुर नगरपालिका–१ घर भई महागढीमाई नगरपालिका–१ बस्ने ३४ वर्षीय फिरोज राय भाट रहेका छन् ।

उनीहरुलाई प्रहरीले वीरगंज महानगरपालिका–८ घण्टाघर नजिक पान गल्लीमा रहेको माँ दुर्गा  मनि ट्रान्सफर तथा नारायणी गेष्ट हाउसबाट पक्राउ गरेको हो । उनीहरुले नेपालीहरुलाई फोन गरी तपाईले चलाएको भाइबर, फेसबुक, ट्विटर तथा सिम कार्ड बापत २५ लाख रुपैयाँ लट्री जित्नु भएको छ भनी फोन तथा म्यासेज गरी प्रलोभनमा पारी सो लट्री बापतको कर नेपाल सरकारलाई जम्मा गरे पछि मात्र उक्त रकम तपाईको खातामा जम्मा हुने कुरा बताई आइएमई तथा विभिन्न बैंक मार्फत पैसा पठाउन लगाई ठगी गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट फिरोज राय भाट नामको मतदाता परिचय पत्रको फोटोकपी ९० थान, सोही नामको नागरिकताको फोटोकपी १ सय ७ थान, सिटी एक्सेस मनी ट्रान्सफरको सक्कल खाली भौचर २४ थान, , प्रभु मनि ट्रान्सफरको सक्कल खाली भौचर १ सय ४९ थान, हिमाल रेमिटको सक्कल खाली भौचर ४२ थान, नगद नेपाली २ लाख ४० हजार रुपैयाँ तथा भारतीय ५ हजार ४ सय रुपैयाँ,  मोवाइल, फोटो , एटीएम कार्ड लगायतका सामानहरु बरामद गरेको छ ।  यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice