युवाका आँखा अभिनेत्री केकीतिर, केकीका आँखा लालबाबु पण्डिततिर

विराटनगर । मंगलबार नेपाली चलचित्रकी सुन्दर अभिनेत्री केकी अधिकारी आफ्नो नयाँ चलचित्रको प्रचार अभियानमा विराटनगर पुगिन । प्रर्दशनमा आउन लागेको चलचित्र ‘राज्जारानी’को प्रचारका लागि केकीसँग निर्माता, निर्देशक र कलाकारहरु पुगेका थिए ।

कलाकारलाई हेर्न स्थानीय दर्शकहरुको भीड नै लागेको थियो । त्यही भिडमा नयाँ हिरो पनि देखा परे । फिल्मको हिरोलाई छोडेर अभिनेत्री केकी नयाँ हिरोसँग सेल्फि खिच्न थालिन् । हिरो अरु कोही नभई नेपाली कांग्रेसको विरासत थामेका डा. शेखर कोइरालालाई पराजित गरी भर्खरै सांसद बनेका लालबाबु पण्डित थिए ।

कार्यक्रममा आएका धेरै दर्शक र युवाहरु केकीसँग सेल्फि खिच्न तछाड मछाड गर्दै थिए तर केकी भने लालबाबुसँग सेल्फि खिच्न हतारिएकी थिइन । लालबाबु पण्डितसँग उनले स्टेजमै सेल्फि खिचिन । सवै फिल्मकर्मीहरुले उनलाई खादा ओडाएर सम्मान पनि गरे । राजनीतिक भाषण गर्न सिपालु लालबाबुले चलचित्रको भाषण पनि मंगलबार गर्न भ्याए । उनले भाषण सुनेपछि अभिनेत्री केकीले भनिन् ‘फिल्म प्रमोशनको कार्यक्रममा आएर प्रेरणादायी कुरा राखिदिनुहुने जनप्रिय नेता लालबाबु पण्डितप्रति आभारी छु ।’

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice