संघीय संसदविना सरकार बनाउँछु भन्नु बिहे नगरी बच्चा जन्माएजस्तै :- प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संघीय संसदविना वाम गठबन्धनले सरकार बनाउँछु भन्नु बिहे नगरी बच्चा जन्माउछु भनेजस्तै भएको टिप्पणी गरेका छन् । कांग्रेस सरकारमा रहिरहन नचाहेको भन्दै उनले कानुनी प्रक्रिया पुर्‍याएर सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताए ।

काठमाडौं क्षेत्र नम्बर १ मा बुधबार बिहान आयोजित कार्यक्रममा नेता सिंहले प्रदेश र प्रतिनिधिसभा चुनाव अगाडि नै सरकारले पेश गरेको अध्यादेश प्रमाणिकरण गरेर राष्ट्रपतिले राजनीतिक निकासको वातावरण बनाइदिनुपर्नेमा जोड दिए ।

‘सत्तामा जाने दलहरूले कांग्रेसलाई सत्ताको चार्ज लगाएका छन् । यो सबै गलत हो,’ उनले भने, ‘राष्ट्रिय सभाको अध्यादेश निर्वाचन अगाडि लगेको हो । त्यसलाई राष्ट्रपतिले जारी गर्नेवित्तिकै एउटा निकास निस्कन्छ ।’

कम्युनिष्ट पार्टीहरूले भएका कुरालाई पनि ढाकछोप गरेको भन्दै कांग्रेस नेता सिंहले भने, ‘विवाह नगरी बच्चा जन्मिन्छ भन्नुजस्तै हो संसदविनै एमालेले सरकार बनाउँछु भन्नु । संघीय संसद नआइकन सरकार गठन हुन सक्छ ? सक्दैन ।’

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice