एमालेका यी चर्चित नेत्रीहरु सांसद बन्ने पक्का (को–को बन्दैछन् सांसद सुचिसहित)

काठमाडौं । नेकपा एमालेका सवै प्रभावशाली नेत्रीहरु सांसद बन्ने पक्का भएको छ । निर्वाचनपछि ठुलो दल बनेको एमालेमा ३९ जना महिला सांसद हुने भएका छन् । ३९ मध्ये दुई महिला प्रत्यक्ष निर्वाचनबाट निर्वाचित भइसकेका छन् भने बाँकी ३७ महिला सामानुपातिक सांसद बन्ने भएका छन् । युवा पुस्ताकी चर्चित नेत्री रामकुमारी झाक्री, नविना लामा, शान्ता चौधरीदेखि मुस्लिम महिला कलिला खानसम्म सांसद बन्ने निश्चित भएका छन् ।

एमालेको बन्दसुचिमा परेका जनजाति महिलाहरु घेरै सांसद बन्ने भएका छन् । एमालेबाट थममाया थापा, सुजिता शाक्य, बिना श्रेष्ठ, रामकुमारी झाँक्रि, डा.शिवमाया तुम्वाहाम्फे, शान्ता चौधरी र नविना लामा सांसद बन्ने पक्का भएको छ ।

त्यसैगरी खसआर्यबाट राधा ज्ञवाली, बिन्दा पाण्डे, गोमा देवकोटा, कल्याणी खड्का, निरुपाल, माया ज्ञवाली, दिलुकुमारी पन्त, सरिता गिरी, विना थापा, श्रीमति बिष्णु पौडेल सांसद बन्ने पक्का भएको छ ।
मधेसी महिलाबाट जुलिकुमारी महतो, डा. पुष्पा कर्ण सांसद हुनेभएका छन् भने मुस्लिम महिलाबाट कलिला खान सांसद बन्ने पक्का भएको छ ।

एमालेले प्रत्यक्ष र समानुपातिक गरी १२१ सिट हुने भएको छ । जसका ४१ समानुपातिक रहेको छ । ४१ मध्ये ३७ महिला सांसद हुने भएका छन् । संविधान प्रदत्त ३३ प्रतिशत महिला पुरयाउने एमालेले करिव ३९ महिला सांसद बनाउनु पर्नेछ । जसमा २ महिला प्रत्यक्षमा बिजयी भइसकेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice