चार बर्षमा गाई चिन्हका साढे चार लाख मत गायव, फापेन हिन्दुत्वको नारा

काठमाडौं । चारबर्ष अघि दोस्रो संविधानसभाको निर्वाचनमा समानुपातिकतर्फ जवरजस्त उपस्थिति जनाएको राप्रपा २०७४ सालको निर्वाचनमा पूर्ण धाराशाही भएको छ । सनातन हिन्दु धर्मलाई मुल एजेण्डा र संबैधानिक राजतन्त्रको नारा लिएर चुनावमा होम्मिएको कमल थापा नेतृत्वको गाई चिन्ह प्रत्यक्ष र समानुपातिक दुवै तर्फ धारासाही भएको छ ।

दोस्रो संविधानसभाको निर्वाचनमा प्रत्यक्षमा एक सिट जित्न नसकेपनि समानुपातिक तर्फ ६ लाख ३० हजार ६ सय ९७ मत ल्याएको थियो । चार बर्षमा गाई चिन्हको चार लाख मत गायव भएको छ । समानुपातिक मतगणना अन्तिम चरणमा पुगिसकेको छ । तर यसपटक गाई चिन्हले १ लाख ९६ हजार १ सय ९७ मत मात्र प्राप्त गरेको छ । विगतमा गाईले पाएका ४ लाख ३४ हजार मत यसपटक गायव भएका छन् ।

अघिल्लो निर्वाचनमा चौथो शक्तिका रुपमा अगाडी आएका राप्रपा यसपटक राष्ट्रिय पार्टी पनि बन्न नसक्ने भएको छ । नयाँ पार्टीकारुपमा आएको विवेकशिल साझा पाटीले राप्रपालाई उछिनेको छ । २०६४ सालको पहिलो संविधानसभाको मत जतिकै ७४ सालमा राप्रपाले मत ल्याएको छ ।

प्रत्यक्षतर्फ भने राप्रपा महामन्त्री राजेन्द्र लिङदेलले गाई चिन्हबाट चुनाव जितेका छन् । तरपनि उनी गाई चिन्हको सांसद बन्न नपाउने भएका छन् । स्वतन्त्र सांसदका हैसियतमा उनी प्रतिनिधिसभामा पुग्नेछन् ।

गाईको मात्र हैन हलो चिन्हको पनि बेजोग भएको छ । दोस्रो संविधानसभाको निर्वाचनमा समानुपातिक तर्फ २ लाख ६० हजार २ सय ३४ मत ल्याएको राप्रपाले संसदमा १० सांसद थिए । राष्ट्रिय पार्टीको रिङबाट पशुपति शम्शेर राणाको पार्टी पनि आउट भएको छ । २०७४ सालको निर्वाचनमा हलोले ८८ हजारभन्दा बढि मत नल्याउने भएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice