अन्डर १६ एसिसी पूर्वी क्षेत्रीय क्रिकेट- नेपालद्वारा मलेसियासामू २८ रनको लक्ष्य

काठमाडौँ । सोह्र वर्षमुनिको एसिसी पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले मलेसियालाई एक सय २८ रनको लक्ष्य दिएको छ । वर्षाका कारण ३४ ओभरमा छोट्याइएको खेलमा नेपालले ८ विकेटको क्षतिमा एक सय २७ रन बनायो ।

नेपालका प्रतिश जिसीले २२ बलमा २५ र बनाए । यस्तै सुनिल भण्डारीले १९ बलमा १७ तथा नारायण जोशीले २२ बलमा १७ रन बनाए । राजन मगरले ३१ बलमा ११, रित गौतमले ३२ बलमा ११, तिर्थराज दासले ३४ बलमा १३ तथा विशाल विक्रम केसीले २२ बलमा १० रन बनाए।

मलेसियाका अस्लम खान मलिकले दुई विकेट लिए । थाइल्याण्डमा चलिरहेको प्रतियोगितामा समूह ‘ए’ को विजेताको रुपमा नेपाल सेमिफाइनलमा पुगेको हो । नेपाल रहेको समूहमा आयोजक थाइल्याण्डसहित हङकङ र म्यानमार रहेका थिए ।

यस्तै समूह ‘बी’ को उपविजेताको रुपमा मलेसियाले नेपालसँगको सेमिफाइनल भेट पक्का गरेको हो । मलेसिया रहेको समूहमा भुटान, चीन र सिंगापुर थिए । प्रतियोगितामा अपराजित रहेको नेपालले समूह चरणको अन्तिम खेलमा म्यानमारलाई ३ सय ३७ रनले हराएको थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice